सवारी लाइसेन्सकाे लागि उपत्यका भित्र ट्रायल सेन्टर थप्ने तयारीमा सरकार

RollingWheels

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएसँगै लाइसेन्स आकाँक्षी धरै तर, ट्रायल परिक्षा लिइने स्थान र संरचना कम भएपछि यातायात व्यवस्था विभाग र बागमती प्रदेश सरकारले विकल्प खोज्न थालेका हुन्।

कोरोना भाइरसका कारण झण्डै १६ महिना यातायातको लाइसेन्स आवेदन तथा सवारी अनुमति पत्र लाइसेन्सकाे प्रयोगात्मक परिक्षा रोकिएपछि काठमाडौं उपत्यकाका सबै यातायात कार्यालयमा सेवाग्राहीको चाप दोब्बरले बढेको छ ।

गत बर्ष ४ महिना मात्रै लाइसेन्स आवेदन खुल्दा १० लाख बढीले आवेदन दिएका थिए । खासगरी कमजोर व्यवस्थापन र आवश्यक्ता अनुसारको संरचना नभएकै कारण पुराना  सेवाग्राही करीब ३० प्रतिशतले ट्रायल परिक्षा दिन सकेका छैनन् ।

उपत्यकाका यातायात कार्यलयहरुमा अहिले दैनिक ३ सयदेखि ४ सय सेवाग्राहीले ट्रायल परिक्षा दिने गरेको यातायात व्यवस्था विभागले बताउँदै आएको छ । तर,पनि यातायात कार्यालय,ट्रायल परिक्षा उत्तिकै भीड र चाप हुने गरेको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र आवेदन अनलाइन मार्फत नै दिने व्यवस्था मिलाएपछि यातायात कार्यालयको चाप केही हदसम्म घटेको भए पनि प्रयोगात्मक परिक्षाका कारण अधिकांश यातायात कार्यालयले चाप थेग्न सकिरहेका छैनन् ।

अहिले काठमाडौं उपत्यकामा ठूलो भ-याङ, एकान्तकुना,भक्तपुर, चाबहिल यातायात कार्यालय मार्फत मात्रै लाइसेन्सका लागि ट्रायल परिक्षा हुने गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले काठमाडौं उपत्यकामा लाइसेन्स ट्रायल सेन्टर थप्ने पर्ने निश्कर्षमा विभाग पुगेको र यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताए ।

‘ट्रायल सेन्टर थप्ने अथवा नथप्ने हाम्रो क्षेत्राधिकारमा नभएपनि यातायात विभागसँग जोडिएको बिषय भएकाले बागमति प्रदेश सरकारसँग समन्वय गर्ने तयारी भइरहेको छ,’ उनले भने । घिमिरेका अनुसार उपत्यकाका ४ वटा मात्रै ट्रायल सेन्टरले मात्रै सेवाग्राही थेग्न कठीन भइरहेको गुनासो यातायात विभागमा आइरहेका छन् ।

लाइसेन्स आवेदन दिएकाे एक बर्षमा पनि ट्रायल परिक्षाका पालो नआउने अवस्था आएपछि यातायात विभाग नै यो बिषयमा कस्सिएको छ । हाल सरकारसँग आफ्नै ट्रायल सेन्टर छैनन् ।

तर, आफ्नै ट्रायल सेन्टर नभएपछि सम्बन्धित यातायात कार्यलयहरुले निजी कम्पनीलाई जिम्मा दिएर सेवाग्राहीबाट रकम उठाएर प्रयोगात्मक परिक्षा गराइरहेका छन् ।

637492484972280704

जसमा सेवाग्राहीले बाइक तथा स्कुटरको ट्रायल परिक्षा दिँदा २०० र चारपाँग्रे गाडीका लागि ५०० तिनुपर्ने हुन्छ । तिनै निजी कम्पनीको प्रभावमा परेर सरकारले ट्रायल सेन्टर नथपेको समेत आरोप लाग्दै आएको छ ।

पुराना आवेदकको ट्रायल परिक्षा सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने बताएको यातायात व्यवस्था विभाग ३० प्रतिशत पनि बाँकी परिक्षा नसकी लाइसेन्स आवेदन खुलाउने तयारी गरिरहेको छ । काठमाडौं उपत्यकामा लाइसेन्स लिने आकाँक्षी बढ्दै जानेछन् भने समय पनि लम्बिने निश्चित छ ।
यातायात व्यवस्था विभागले अहिले नै कति वटा ओटा ट्रायल सेन्टर थप्ने भन्ने बिषयमा अध्ययन भइरहेको जनाएको छ । ट्रायल सेन्टर थप्ने बिषयमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने विभागका डिजी घिमिरेको भनाई छ ।

काठमाडौं उपत्यका बाहिर पनि यातायात कार्यालयले ट्रायल सेन्टर सञ्चालन गरे पनि देशभरका सेवाग्राही उपत्यकामै आएर लाइसेन्स आवेदन तथा ट्रायल परिक्षा दिने गरेका छन ।

कोरोना भाइरसपछि लिखित परिक्षा दिएर बसेका,यातायात कार्यालय भिजिट डेट पाएका र प्रयोगात्मक परिक्षा दिन ८ लाख भन्दा बढी सेवाग्राही रहेको यातायात विभागको तथ्याङ्क छ ।

विभागले यसै हप्ता भित्र लाइसेन्स आवेदन खोल्ने तयारी गरिरहेको अवस्थामा अब झन सबै यातायात कार्यालयहरुमा चाप बढ्ने देखिन्छ ।

Reference:

www.merolagani.com

Rolling Wheels