नयाँ शानदार लुकमा आउँदैछ ह्युन्डई क्रेटा, यस्ता छन् फिचर

New hyundai Creta 2021

RollingWheels । दिग्गज कार निर्माता कम्पनी ह्युन्डईको लोकप्रिय मिड साइज एसयूभी ह्युन्डई क्रेटाको नयाँ लुकमा आउने लागेको छ। हाल कारका शौखिनहरु यो कारको प्रतीक्षामा छन्। 

New hyundai Creta 2021

कतिपयमा नयाँ ह्युन्डई क्रेटामा कस्तो परिवर्तन भयो वा कस्तो देखिन्छ भन्ने प्रश्न उब्जिरहेको छ। यी यस्तै प्रश्नका जबाफ दिन कम्पनीले हालै एउटा टीभी कमर्सल रिलिज गरेको छ। जसमा कारको इन्टिरियर र एक्सटिरियरलाई प्रदर्शन गरिएको छ।

यो टीभी कमर्सल रुसमा लन्च गरिएको हो। जसअनुसार यो कारमा केही परिवर्तन गरिएको देखिन्छ। 

भिडियोबाट प्रस्ट हुन्छ नयाँ ह्युन्डई क्रेटाको फ्रन्ट लुकमा परिवर्तन गरिएको छ। कारको फ्रन्ट पहिलेको तुलनामा कम पोलराजिङ देखिन्छ किनकि ह्युन्डईले ग्रिल सेप र साइज परिवर्तन गरिदिएको छ। 

त्यस्तै होरिजन्टल क्रोम स्ल्याट्स परिवर्तन गरेर डार्क क्रोम पिसमा रिप्लेस गरिएको छ। यसको ग्रिल्स ह्युन्डै अल्कजारमा देखिन पाइनेछ। यसका अलावा कारको अलोय ह्विल्ज पनि रिडिजाइन गरिएको छ। 

नयाँ ह्युन्डई क्रेटा ३ इन्जिन अप्सनमा बजारमा उतारिनेछ। जसमा १.४ लिटिर टर्बोचाज्र्ड पेट्रोल इन्जिन र १.५ लिटर पेट्रोर र डिजेल इन्जिन समावेश हुनेछ। 

नयाँ क्रेटाको क्याबिन पनि नयाँ र पहिलेको तुलनामा प्रिमियम रहेको छ। इन्टिरियरका लागि दुई कलर अप्सन उपलब्ध हुनेछ। एउटा ब्ल्याक–बेज ड्युल टोन कलर र दोस्रो फुल ब्ल्याक कलर इन्टिरियर । 

यो एसयूभीको भित्र एप्पल कारप्ले र एन्ड्रोइड अटोका साथ १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, नयाँ मल्टी फङ्सनल फ्ल्याट बटम स्टियरिङ ह्विल, लेदर सिट्स र ७ इन्ज डिजिल इन्स्ट्रमेन्ट कलस्टर दिइएको छ। – एजेन्सी


Reference:

www.bizshala.com

Rolling Wheels